नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच पेन्सन योजना सञ्चालन सम्झौता
onlinekhabar.com · Thu Jun 25 11:17:21 GMT 2026

११ असार, काठमाडौं । नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा बिहीबार कोषका नि.कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप केसीले हस्ताक्षर गरे ।
सम्झौता अनुसार गाउँपालिकाले श्रमिक कल्याण कोष सञ्चालन कार्यविधि अनुसार सहभागीलाई श्रमिक कल्याण कोषबाट गाउँपालिकाले मासिक ५०० रुपैयाँ र सहभागी श्रमिकले मासिक ५०० रुपैयाँ योगदान गरी प्रतिमहिना १ हजार रुपैयाँ जम्मा गर्ने व्यवस्था गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)