मानव–वन्यजन्तु द्वन्द्व रोक्न वृक्षरोपण अभियान
ratopati.com · Thu Jun 25 11:57:57 GMT 2026

झापा । वन क्षेत्रको न्यून विस्तार, तीव्र जनसङ्ख्या वृद्धि र बढ्दो बसाइँसराइका कारण झापामा मानव–वन्यजन्तु द्वन्द्व चुनौतीपूर्ण बन्दै गएको छ। यही अवस्थालाई मध्यनजर गर्दै डिभिजन वन कार्यालय झापाले चालू आर्थिक वर्षमा वृक्षरोपणलाई उच्च प्राथमिकतामा राख्दै सामुदायिक वनसँगको सहकार्यमा खाली जमिनमा व्यापक रूपमा बिरुवा रोप्ने योजना अघि बढाएको छ।
पूर्वी तराईको सबैभन्दा बढी जनघनत्व भएको जिल्ला झापाको कूल क्षेत्रफल एक हजार ६०६ वर्ग किलोमिटर रहेको छ । तर वन क्षेत्र भने १८ हजार ६५ हेक्टरमा मात्र सीमित छ। यो जिल्लाको कूल भूभागको ११.२४ प्रतिशत हो । वन क्षेत्रको यो अनुपात राष्ट्रिय औसतभन्दा कम रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)