महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
baahrakhari.com · Thu Jun 25 11:59:24 GMT 2026

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना भएकाले तटीय क्षेत्रका बासिन्दाहरूलाई पूर्वसतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबार प्रशासनले सूचना जारी गर्दै पूर्वसतर्कता अपनाउन आग्रह गरेको हो ।
भारतको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधमा शुक्रबार बिहान ६ बजेदेखि शनिबार साँझ ५ बजेसम्म सिल्ट सफाइ (बाँधमा जमेको बालुवा, माटो, हिलो र लेदोलाई निकालेर सफा गर्ने) गरिने भएकाले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावनाप्रति सचेत रहन आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)