ईभीले भरिदै अटो बजार - ११ महिनामै १० हजार ८४५ विद्युतीय सवारी आयात, ५१–१०० किलोवाट क्षमताका गाडीको दबदबा
arthasansar.com

चालु आर्थिक वर्षको पहिलो ११ महिनामा मात्रै २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार रुपैयाँ बराबरका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । भन्सार विभागको तथ्यांकले नेपालमा पेट्रोलियम इन्धनमा आधारित सवारीको विकल्पका रूपमा विद्युतीय सवारीको प्रयोग तीव्र गतिमा विस्तार भइरहेको देखाएको छ ।
विभागका अनुसार साउनदेखि ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २०१ किलोवाटसम्मका विभिन्न क्षमताका विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन् । आयात भएका सवारीमध्ये सबैभन्दा धेरै हिस्सा ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका गाडीले ओगटेका छन् । तथ्यांकअनुसार समीक्षा अवधिमा पाँच अर्ब ६५ करोड रुपैयाँ बराबरका ५० किलोवाट क्षमताका तीन हजार ६८० वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । तुलनात्मक रूपमा कम मूल्यका र सहरी प्रयोगका लागि उपयुक्त मानिने यस श्रेणीका गाडीहरू नेपाली बजारमा लोकप्रिय रहँदै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)