शिखरका सीईओ पाण्डे विरुद्धको रिट खारेज, पूर्ण कार्यकाल काम गर्न पाउने
aarthiknews.com

काठमाडौं । शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीप प्रकाश पाण्डे विरुद्ध परेको रिट खोज भएको छ । पाण्डे शिखर इन्स्योरेन्समा कानून विपरीत पटक पटक सीईओमा नियुक्त भएको आरोप लगाउँदै २०७७ साल कार्तिक १९ गते परेको रिट खारेज भएको हो ।
अधिवक्ता माधव गौतमले अर्थ मन्त्रालय, तत्कालीन बीमा समिति, शिखर इन्स्योरेन्स र पाण्डेलाई विपक्ष बनाएर रिट दायर गरेका थिए । उक्त रिटको उपर २०८३ असार ८ गते मात्रै फैसला भएको हो । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृप ध्वज निरौलाको असार ८ गते साेमबारकाे इजलासले रिट खारेज गरिदिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)