भक्तपुरको गठ्ठाघरस्थित १०० शय्याको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडले आफ्नै जग्गामा अत्याधुनिक भवन निर्माण सुरु
barnanmedia.com · Thu Jul 16 22:36:35 GMT 2026

भक्तपुरको गठ्ठाघरस्थित १०० शय्याको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडले आफ्नै जग्गामा अत्याधुनिक भवन निर्माण सुरु गरेको छ ।
हाल भाडाको भौतिक पूर्वाधारबाट सञ्चालनमा रहेको यो हस्पिटलले मध्यपुर थिमी नगरपालिका—३ स्थित आफ्नै ७ रोपनी जग्गामा ११ तले अत्याधुनिक भवन निर्माण गरी हस्पिटल स्थानान्तरण गरेर सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ । हस्पिटलका अध्यक्ष आरएस भण्डारीले हेलिप्याडसहित बन्न लागेको उक्त अत्याधुनिक भवन दुई तला बेसमेन्टबाहेक ११ तलाको हुने जानकारी दिए । ‘हामीले १८ असारमा शिलान्यास गर्यौं, ३१ असारबाट निर्माण कार्य सुरु भइसकेको छ,’ ह्याम्स अस्पतालका समेत अध्यक्ष रहेका भण्डारीले भने, ‘अब एक वर्षभित्र निर्माण सकेर भक्तपुर क्षेत्रमा रहेको स्वास्थ्य सेवाको ग्यापलाई पूरा गर्ने अठोटका साथ काम गरिरहेका छौं ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)