युवालाई उद्यमी बनाउन ब्याजमा अनुदान दिने नीति
ratopati.com · Mon Jun 01 17:43:01 GMT 2026

कर्णाली । कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले युवा उद्यमशीलतामा आकर्षण बढाउन प्रदेश सरकारले ब्याजमा अनुदान दिने नीति ल्याएको बताएका छन् ।
राष्ट्रिय युवा परिषद्द्वारा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेशस्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रर्दशनी’ को उद्घाटन गर्दै मन्त्री अधिकारीले प्रदेश सरकारले उद्यमशीलताको प्रवर्द्धनका लागि कृषकलाई ब्याजमा अनुदान दिँदै आएको बताए । यसमा प्रदेश सरकारले रु एक करोडभन्दा बढी रकम विनियोजन गरेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)