कर्णालीका युवालाई उद्यमी बनाउन ब्याजमा अनुदान
baahrakhari.com · Mon Jun 01 17:47:00 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले युवा उद्यमशीलतामा आकर्षण बढाउन प्रदेश सरकारले ब्याजमा अनुदान दिने नीति ल्याएको बताएका छन्।
राष्ट्रिय युवा परिषद्ले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेशस्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री अधिकारीले प्रदेश सरकारले उद्यमशीलताको प्रवर्द्धनका लागि युवालाई ब्याजमा अनुदान दिँदै आएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)