मौसम बिग्रिएका बेला फेवातालमा डुङ्गा चलाउन रोक
gorkhapatraonline.com · Thu Jun 25 13:19:07 GMT 2026

जिल्ला प्रशासन कार्यालय कास्कीले फेवातालमा डुङ्गा दुर्घटना बढेपछि मौसम बिग्रिएका बेला डुङ्गा चलाउन रोक लगाएको छ । प्रशासनले बिहीबार सूचना जारी गरी डुङ्गा, कायाकिङ र सर्फिङ (राफ्टिङ-बोटिङ) सञ्चालन गर्ने व्यवसायी तथा सरोकारवालालाई सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको हो ।
तालमा मङ्गलबार पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको थियो भने बुधबार माछा मार्ने क्रममा अर्का युवकको ज्यान गएको थियो । यसअघि पनि हावाहुरीका कारण फेवातालमा फसेका पर्यटकलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र उद्धार टोलीले पटक–पटक उद्धार गर्दै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)