तनहुँ-कास्कीबिच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय
ratopati.com · Thu Jun 25 13:25:25 GMT 2026

तनहुँ । तनहुँ र कास्की जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागितामा अन्तर जिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ । दुई जिल्लाको साझा सुरक्षा चुनौती, अपराध नियन्त्रण तथा विपद् व्यवस्थापनका विषयमा बिहीबार सम्पन्न बैठकले समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।
बैठकमा शान्तिसुरक्षा कायम राख्ने, विभिन्न प्रकारका आपराधिक गतिविधि नियन्त्रण गर्ने, लागुऔषधको अवैध ओसारपसार तथा बेचबिखन रोक्ने, अवैध चोरी निकासी नियन्त्रण गर्ने, राजमार्ग तथा सार्वजनिक स्थानको सुरक्षा व्यवस्थापनलगायत विषयलाई प्रभावकारी बनाउने सन्दर्भमा छलफल भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)