चट्टान र हिमनदी भासिँदा विनाशकारी बाढी आएको होः रेग्मी
corporatenepal.com · Sat Aug 29 08:21:12 GMT 2026

काठमाडौं । बुधबार रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी हिमताल विस्फोटका कारण नभई विशाल चट्टान खस्दा त्यसको कम्पनले हिमनदी (ग्लेसियर) धसिएर सिर्जिएको घटनाको परिणाम भएको पर्यटन व्यवसायीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका साँसद डा. धनन्जय रेग्मीले दावी गरेका छन् ।
पर्वतीय भू–आकृति विज्ञान तथा हिमनदी विज्ञ समेत रहेका उनका अनुसार यस घटनाले नेपालको विपद् पूर्वसूचना प्रणालीमा रहेको गम्भीर कमजोरी पनि उजागर गरेको छ । रेग्मीले जल तथा मौसम विज्ञान विभागले मनसुनजन्य बाढी र पहिरोमा ध्यान दिए पनि हिमाली क्षेत्रमा हुने यस्ता उच्च जोखिमका घटनाका लागि आवश्यक पूर्वसूचना प्रणाली विस्तार गर्न नसकेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)