राससकर्मी लिम्बूलाई ‘माङसेबुङ पत्रकारिता पुरस्कार’
barnanmedia.com · Thu Jul 16 23:33:44 GMT 2026

राष्ट्रिय समाचार समिति (रासस)का इलाम समाचारदाता रामकुमार लिम्बू ‘माङसेबुङ पत्रकारिता पुरस्कार–२०८३’ बाट पुरस्कृत हुनुभएको छ । जिल्लाको माङसेबुङ गाउँपालिकाले राससकर्मी लिम्बूलाई नगद रु ५१ हजार राशिको पुरस्कारसहित सम्मान गरेको हो ।
बिहीबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष हेमन्त राई, उपाध्यक्ष विनोदकुमार नेम्बाङ, प्रमुख प्रशासकीय अधिकृत नवदीप राईलगायतले लिम्बूलाई दोसल्ला, प्रमाणपत्र र नगद पुरस्कारसहित सम्मान गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)