आजदेखि ग्राहकले तिर्नुपर्नेछ बिजुलीको ५ प्रतिशत भ्याट, २६ लाखभन्दा बढी ग्राहक प्रभावित
kendrabindu.com · Fri Jul 17 00:56:10 GMT 2026

काठमाडौं । सरकारले पहिलोपटक घरायसी रूपमा खपत हुने विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) प्रणाली आजदेखि लागु भएको छ । सरकारले साउन १ गतेदेखि लागू हुने गरी घोषणा गरेको नयाँ कर नीति अनुसार आजदेखि करीब २६ लाख ग्राहकले ५ प्रतिसत भ्याट तिर्नु पर्नेछ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते संसद्मा प्रस्तुत गरेको बजेटमा थप विद्युत कर लगाएका थिए । अब ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकका लागि ५ प्रतिशत र औद्योगिक तथा व्यावसायिक ग्राहकका लागि १३ प्रतिशत भ्याट अनिवार्य रूपमा भुक्तानी गर्नुपर्ने कानुनी व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)