जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
shilapatra.com · Fri Jul 17 00:51:00 GMT 2026

रौतहट भएर बग्ने बागमती र बकैया नदीको दुवै किनारमा लगाइएको बाँध जीर्ण हुँदा सो क्षेत्रका बासिन्दा बाढीको जोखिममा परेका छन् । दुवै नदीको बाँध जीर्ण भएपछि फुटेर पसेको बाढीले बर्सेनि गौर सदरमुकामलगायत दर्जनौँ बस्ती डुबानमा पर्दै आएका छन् भने करोडौँ मूल्य बराबरको जनधन तथा बालीनाली क्षति हुँदै आएको छ ।
केही दिनअघिको वर्षाका कारण बकैया नदीको बाँध फुटेर राजपुर नगरपालिका–४ मा बाढी पसेपछि जनजीवन प्रभावित भएको थियो । बकैया नदीको बाँध फुट्दा रौतहटका आधा दर्जनभन्दा बढी नगरपालिका प्रभावित हुने कटहरियाका स्थानीय प्रकाश श्रेष्ठले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)