आज साउने सङ्क्रान्ति
canadanepal.com · Fri Jul 17 01:00:00 GMT 2026

काठमाडौ - सौरमासअनुसार प्रत्येक वर्ष १ साउनमा मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदै छ ।
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । १ माघदेखि सुरु हुने उत्तरायण र १ साउनदेखि सुरु हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्त्वका साथ मनाइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)