भारतीय दम्पती लागूऔषधसहित पक्राउ
ekantipur.com · Fri Aug 09 16:35:05 UTC 2024

पर्सा — प्रहरीले वीरगन्जबाट एक भारतीय दम्पतीलाई लागूऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला सकराहा थाना ९ का ३५ वर्षीय धुरेन्द्र राम र उनकी पत्नी मधु देवी छन् ।
बिहीबार साँझ ७ बजेतिर वीरगन्ज महानगरपालिका–१६ स्थित वीरगंज भन्सार कार्यालय अगाडि प्रहरी चौकी इनर्वा र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त चेकिङ टोलीले रक्सौलबाट नेपालतर्फ शंकास्पदरूपमा आउँदै गरेका राम दम्पतीलाई रोकी खानतलासी गर्दा उनीहरुले बोकेको सेतो बोराभित्र थ्रोमा छण् लेखिएको ४ सय ४८ पत्तामा १० पिसको दरले ४ हजार ४ सय ८० पिस ट्याब्लेट र काटेको २४ पिस ट्याब्लेट गरी जम्मा ४ हजार ५ सय ४ पिस ट्याबलेट फेला परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)