मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’
lokaantar.com

नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी लिने भएको छ । काउन्सिलका निमित्त रजिस्ट्रार डा दीपेन्द्र पाण्डेले ‘हेलो एनएमसी’ मार्फत गुनासो तथा उजुरी र सुझाव सङ्कलन गर्नेगरी अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको जानकारी दिए ।
‘हेलो एनएमसी’ सञ्चालनमा आएपछि सर्वसाधारण र दर्तावाला चिकित्सक सामान्य गुनासाका लागि काउन्सिलको कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हटेको उनले बताए । दूरदराजबाट आउने सेवाग्राहीले सामान्य कामका लागि पनि काठमाडौँको कार्यालयमै धाउनुपर्दा समय र खर्च बढी लाग्ने गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)