रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
ratopati.com · Fri Jul 17 01:10:56 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हिक्मतजंग कार्की र अमेरिकाको प्रभावशाली राजनीतिक संगठन 'योङ रिपब्लिकन' का अध्यक्ष हेडन प्याजेटबिच डलासमा भेटवार्ता भएको छ ।
अमेरिका भ्रमणमा रहेका कार्कीले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा दुई देशका राजनीतिक दलहरूबीच सहकार्य विस्तार गर्ने उद्देश्यले उक्त भेटवार्ता गरेको जानकारी दिए। प्याजेट पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक अभियानमा सक्रिय र प्रभावशाली युवा रिपब्लिकन नेता मानिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)