आजदेखि टेलिकमका सिमकार्ड र सामग्रीहरूको हुलाकमार्फत होम डेलिभरी सेवा सुरु
techpana.com · Fri Jul 17 01:31:33 GMT 2026

काठमाडौं । नेपाल टेलिकमका ग्राहकले शुक्रबार (१ साउन) देखि कम्पनीका सिमकार्ड लगायतका सामग्री हुलाक सेवामार्फत आफ्नै घरदैलोमै प्राप्त गर्न सक्ने भएका छन् । नेपाल टेलिकम र हुलाक सेवा विभागबिच गत १८ असारमा सिमकार्ड लगायतका सामग्री हुलाक सेवामार्फत ढुवानी गर्ने सम्झौता भएको थियो ।
उक्त सम्झौता आजदेखि औपचारिक रूपमा कार्यान्वयनमा आएको हो । सम्झौतामा टेलिकमका सिमकार्ड, विभिन्न कागजात, चिठीपत्र र दूरसञ्चार सेवामा प्रयोग हुने विभिन्न स्पेयर पार्ट्स लगायतका सामग्री सम्बन्धित कार्यालय वा ग्राहकसम्म हुलाक सेवामार्फत ढुवानी गर्ने व्यवस्था छ । यससँगै नेपाल टेलिकमका सेवाग्राहीले चाहेमा कम्पनीका सिमकार्ड लगायतका अन्य सामग्री हुलाक सेवामार्फत सिधै आफ्नो घरदैलोमा प्राप्त गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)