गाजा युद्धविराम ‘अब’ आवश्यक : ईयू प्रमुख
baahrakhari.com · Fri Aug 09 17:21:02 UTC 2024

ब्रसेल्स । युरोपेली संघ (ईयू)का प्रमुख उर्सुला भोन डेर लेनले शुक्रबार गाजामा तत्काल युद्धविराम आवश्यक भएको बताएका छन् । यसबाट इजरायल र हमासबीच युद्धविराम सम्झौताका लागि अन्तर्राष्ट्रिय दबाब बढेको छ ।
“हामीलाई अब गाजामा युद्धविराम आवश्यक छ, जीवन बचाउने, शान्तिको आशा पुनःस्थापित गर्ने र बन्धकहरूको फिर्ती सुनिश्चित गर्ने यही एक मात्र तरिका हो,” सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, “त्यसैले यस क्षेत्रमा आवश्यक शान्ति र स्थिरता हासिल गर्न अमेरिका, इजिप्ट र कतारको नेतृत्वमा गरिएका प्रयासहरूलाई म दृढतापूर्वक समर्थन गर्दछु ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)