इरानमा अमेरिकाको नयाँ आक्रमण, पुल र आणविक केन्द्र निसानामा
shilapatra.com · Fri Jul 17 02:20:00 GMT 2026

अमेरिकी सेनाले लगातार छैटौँ रात पनि इरानमाथि नयाँ चरणको आक्रमण गरेको जनाएको छ । स्ट्रेट अफ होर्मुजको नियन्त्रणलाई लिएर दुवै पक्षबीच संघर्ष जारी रहेको छ ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार यी आक्रमणहरूको उद्देश्य इरानको सैन्य क्षमता थप कमजोर बनाउनु रहेको छ । साथै, होर्मुजमा लागू गरिएको नाकाबन्दीका क्रममा एउटा जहाजलाई आफ्नो नियन्त्रणमा लिइएको पनि सेन्टकमले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)