होटेलमा साढे ६ खर्ब बढी लगानी: ४० लाख पर्यटकलाई सेवा दिने क्षमता
nagariknews.nagariknetwork.com · Fri Jul 17 02:18:19 GMT 2026

नेपालमा पर्यटकीय सम्भावना देखेर स्वदेशी तथा विदेशी लगानीकर्ताले होटेलमा धमाधम अर्बौं रुपैयाँ लगानी गरेका छन्। पछिल्लोपटक अन्तर्राष्ट्रिय चेन होटेल ब्रान्ड म्यारिअटले नेपालमा दुई ‘अल्ट्रा लक्जरी होटेल’ सञ्चालन गर्ने गरी सिजी हस्पिटालिटी ग्लोबलसँग सम्झौता गरेको छ। ३० देशमा एक सयभन्दा आठ बढी होटेल तथा रिसोर्ट सञ्चालन गर्दै आएको रिट्ज–कार्लटन ब्रान्ड नेपालमा अवसर देखेर यहाँ आएको हो।
नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुपसँगको साझेदारीमा करिब १५ अर्ब रुपैयाँ लगानीमा ठमेलमा रिट्ज–कार्लटन काठमाडौं निर्माण सुरु भएको छ। चौधरी ग्रुपसँग मिलेर निर्माण गर्न लागिएको उक्त होटेलमा एक सय ५० कोठासहित अल्ट्रा लक्जरी होटेल, ब्रान्डेड रेसिडेन्स, व्यावसायिक कम्प्लेक्स, क्यासिनो रहने छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)