बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय
ratopati.com · Fri Jul 17 02:36:05 GMT 2026

मकवानपुर । बागमती प्रदेशमा नयाँ आर्थिक वर्ष २०८३–०८४ सुरु भएसँगै मन्त्रालयको संख्या ८ कायम गरिएको छ । सरकारले प्रदेशमा रहेको १४ मन्त्रालयलाई घटाएर सरकारले ८ कायम गर्ने यसअघिको निर्णय कार्यान्वयन गरिएको हो ।
सोही अनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रालय अनुसारको कार्यविभाजन गर्ने तयारी गरेका छन् । उनले प्रदेशका ६ मन्त्रीको व्यवस्थापन सहित कार्यविभाजन गर्ने सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए । उनका अनुसार बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउने निर्णय प्रभावकारीताका साथ कार्यान्वयन हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)