स्पेसएक्सको सेयर मूल्यमा ठूलो गिरावट, इलन मस्कको सम्पत्ति ३५० अर्ब डलरले घट्यो
barnanmedia.com · Fri Jul 17 02:31:00 GMT 2026

स्पेसएक्सको सेयर मूल्य तीव्र रूपमा घटेपछि इलन मस्कको व्यक्तिगत सम्पत्ति झन्डै ३५० अर्ब अमेरिकी डलर (नेपाली मूल्य अनुसार करिब ५३१ खर्ब रुपैयाँ)ले घटेको प्रमुख अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । स्पेसएक्सको बजार मूल्यबाट करिब १० खर्ब अमेरिकी डलर घटेको छ । कम्पनीको शेयर मूल्य आईपीओ जारी गरिएको १५० अमेरिकी डलरभन्दा तल झर्दा यसको प्रत्यक्ष असर मस्कको सम्पत्तिमा परेको हो ।
ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सअनुसार मंगलबार बजार बन्द हुँदासम्म मस्कको सम्पत्ति करिब ९५७ अर्ब डलर (नेपाली मूल्य अनुसार करिब १ हजार ४५२ खर्ब रूपैयाँ) मा झरेको छ । यससँगै केही दिनअघि प्राप्त गरेको ‘ट्रिलिनियर’ अर्थात दस खर्ब डलरभन्दा बढी सम्पत्ति भएको व्यक्तिको हैसियत उनले गुमाएका छन् । यद्यपि, फोर्ब्सले भने उनको सम्पत्ति अझै दस खर्ब डलरभन्दा माथि नै रहेको अनुमान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)