सर्ट सेलिङ कार्यान्वयनका लागि आवश्यक पूर्वाधार तयार गर्न बोर्डको निर्देशन
arthasansar.com

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजार सुधार तथा विकासका कार्यक्रमलाई तीव्र रूपमा कार्यान्वयनमा लैजान नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) सँग उच्चस्तरीय छलफल गरेको छ।
बोर्डले आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति तथा कार्यान्वयन योजना र 'नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३' सार्वजनिक गरेलगत्तै बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टको उपस्थितिमा धितोपत्र बजारका दुवै प्रमुख पूर्वाधार संस्थासँग छलफल आयोजना गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)