आजदेखी कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि
ajakoartha.com · Fri Jul 17 03:04:00 GMT 2026

काठमाडौं- सरकारले राष्ट्रसेवक कर्मचारीहरूको मनोबल उच्च बनाउन र महँगीको चापलाई सम्बोधन गर्न तलबमानमा उल्लेख्य वृद्धि गरेको छ । जुन वृद्धि आजदेखि नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै कार्यान्वयनमा गएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले जेठ १५ मा बजेट भाषण गर्दा कर्मचारीहरूको सुरु तलब स्केलमा १० प्रतिशतले वृद्धि गरिएको जानकारी दिएका थिए । पछिल्लो चार वर्षदेखि कर्मचारीको तलब नबढेको अवस्थालाई मध्यनजर गर्दै हाल कायम रहेको महँगी भत्तालाई समेत निरन्तरता दिई यो नयाँ व्यवस्था लागू गरिएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)