गृहमन्त्रीको स्टन्ट, सरकारको असफलता र गणेश नेपालीको मृत्यु
nepalpress.com · Fri Jul 17 03:04:16 GMT 2026

गणेश नेपालीको मृत्यु एउटा व्यक्तिको मृत्यु मात्र होइन, यो नयाँ सरकारप्रति जनताले राखेको आशाको पनि मृत्यु हो । गत भदौ २३/२४ को जेनजी विध्वंशमा सहभागी मुगुका २५ वर्षिय युवा गणेश नेपालीलाई जुन सपना देखाएर आन्दोलनमा सहभागी गराई आफूहरू सत्तामा पुगेका थिए, अन्ततः तिनै सत्तासीनहरूप्रतिको आशा मरेपछि उनी यस्तो निर्णयमा पुगेका हुन् भन्ने आधारहरू देखिन्छन् । सत्तासीनहरूले केही महिनामै जनतालाई यति निराश बनाए कि सडकमा उत्रिएका युवामध्ये एक जनाले अन्ततः आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था आयो । यो घटनालाई केवल “व्यक्तिगत आवेग” भनेर टार्ने प्रयास गरियो भने त्यो सत्यबाट भाग्नु मात्र हुनेछ ।
सत्ता बदलियो, अनुहार बदलियो, भाषण बदलियो । तर, गरिबको जीवन बदलिने प्रारम्भिक काम हुँदैछन् भन्ने आभास गणेशजस्ता युवाले पाउन सकेनन् । बरु सुकुम्वासीहरूमाथि गरिएको कठोर व्यवहारले उनीहरूलाई आत्महत्याजस्तो निर्णयसम्म पुग्न बाध्य पार्ने अवस्था कसरी सिर्जना भयो भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ । निम्न वर्गमाथि बढ्दो आर्थिक बोझ मात्र होइन, धान्नै नसकिने मूल्यवृद्धि, सरकारले अवलम्बन गरेको अर्थनीति तथा विद्यार्थी, किसान र साना व्यवसायीप्रति देखिएको उदासीन आर्थिक नीति पनि उत्तिकै जिम्मेवार देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)