ताराखोला हाइड्रोमा दुर्घटना, एक मजदुरको मृत्यु
baahrakhari.com · Sat Jun 06 09:42:04 GMT 2026

बागलुङ । बागलुङको ताराखोला गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनामा काम गरिरहेका बेला फलामे पाइपले च्यापिएर एक मजदुरको मृत्यु भएको छ । ताराखोला गाउँपालिका–५, धस्मरस्थित निर्माणाधीन जलविद्युत् आयोजनामा कार्यरत रोल्पाको सुनछहारी गाउँपालिका–३ का २० वर्षीय दिलबहादुर विकको मृत्यु भएको हो ।
डोजरबाट खसेको पाइपमा च्यापिँदा गम्भीर घाइते भएका विकको उपचारका क्रममा गलकोट नगरपालिका–३, हटियास्थित इमर्जेन्सी अस्पतालमा शनिबार (जेट २३) दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख फणिन्द्रप्रसाद प्रसाईंले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)