बाढीले बिचल्लीमा परेका गजुरीका परिवारलाई राहत सामग्री
annapurnapost.com · Sat Aug 29 08:48:31 GMT 2026

धादिङ : धादिङको गजुरी गाउँपालिकाका बाढी प्रभावित परिवारका लागि काठमाडौंका विभिन्न सहयोगी दाताबाट संकलित राहत सामग्री गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। गजुरी गाउँपालिकाकी पूर्वउपाध्यक्ष डा. सीता ढुंगानाको पहलमा संकलित राहत सामग्री शनिबार बिहान गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, सम्बन्धित वडाध्यक्षहरू तथा प्रमुख प्रशासकीय अधिकृत जगदीश खरेललाई सामूहिक रूपमा हस्तान्तरण गरिएको हो।
सहयोगस्वरूप प्राप्त राहत सामग्रीमा १०० थान ब्लाङ्केट, १०० थान महिलाको लुङ्गी, १४४ थान पुरुषको हाफ पेन्ट, २०० थान महिलाको स्कार्फरसल र १२ बोरा चिउरा रहेका छन्। पालिकाले प्राप्त राहत सामग्री तत्कालै गलौदीलगायत बाढी प्रभावित क्षेत्रमा वितरण गर्ने तयारी गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)