काठमाडौंसहित यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम
baahrakhari.com · Fri Jul 17 03:28:44 GMT 2026

काठमाडौं । वर्षासँगै देशका केही जिल्लामा आज (साउन १) आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ । विभिन्न सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस दिन काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, धादिङ, नुवाकोट, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, अर्घाखाँची, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत र आसपासका जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यी जिल्लामा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)