कपनमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
nepalviews.com · Fri Jul 17 03:40:24 GMT 2026

काठमाडौं । काठमाडौंको कपनस्थित भृकुटी चोकमा बिहिबार राती मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक जना स्कुटर चालकको मृत्यु भएको छ।
गएराति करिब १२ बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालकको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको हालसम्म सनाखत हुन सकेको छैन। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)