दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न अदालतको आदेश
rajdhanidaily.com · Fri Jul 17 03:49:16 GMT 2026

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा अभियोग लागेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले थुनछेक बहसपछि दुवै जनालाई धरौटीमा छाड्ने आदेश दिएको हो।
न्यायाधीश आचार्यको इजलासले बिमा ऐन २०७९ अन्तरगतको कसुरमा सुलभ अग्रवालसँग २ करोड र दीपक भट्टसँग डेढ करोड धरौटी माग गरेको छ । धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तरगतको छुट्टै कसुरमा सुलभ अग्रवालसँग २ करोड ३० लाख धरौटी माग गरिएको छ भने दिपक भट्टसमेत जोडिएको अर्को कसुरमा पनि धरौटी मागकै आदेश भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)