विद्युतीय पूर्वाधारको विस्तार र स्तरोन्नतिका लागि ८० अर्ब लगानी गर्दै सरकार
nagariknews.nagariknetwork.com · Fri Jul 17 03:57:29 GMT 2026

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आगामी आर्थिक वर्षमा विद्युतीय पूर्वाधारको विस्तार र स्तरोन्नतिलाई सरकारले उच्च प्राथमिकतामा राख्दै करिब ८० अर्ब रुपैयाँ लगानी गर्ने योजना रहेको बताएका छन्। विद्युत उत्पादनमा उल्लेख्य प्रगति हासिल गरिसकेको नेपाल अब भरपर्दो प्रसारण, वितरण, आन्तरिक खपत वृद्धि र ऊर्जा व्यापारलाई केन्द्रमा राखेर अघि बढिरहेको उनको भनाइ छ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘विद्युतीय पूर्वाधारको विकास र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले विगतमा विद्युत अभावका कारण उत्पादन वृद्धि मुख्य प्राथमिकतामा रहेको भए पनि अहिले पर्याप्त उत्पादन हुन थालेपछि पूर्वाधार विकास र वितरण प्रणाली सुदृढ बनाउने समय आएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)