सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग
nepalnews.com · Fri Jul 17 04:19:34 GMT 2026

काठमाडौं। अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ संशोधनका लागि तयार गरिएको विधेयकको मस्यौदा सार्वजनिक गर्दै सरोकारवाला निकाय तथा सर्वसाधारणसँग सुझाव माग गरेको छ।
मन्त्रालयले सार्वजनिक सूचनामार्फत मस्यौदामा तोकिएको समयभित्र सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। प्राप्त सुझावलाई आवश्यकताअनुसार समेटेर विधेयकलाई अन्तिम रूप दिइने मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)