कर्णाली प्रदेश: मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव
nagariknews.nagariknetwork.com · Fri Jul 17 04:15:07 GMT 2026

नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमतिका साथै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिएको छ। सहमतिअनुसार सरकारको नेतृत्व हस्तान्तरण गर्न अस्वीकार गरेपछि कांग्रेस कँडेल नेतृत्वको सरकारबाट बुधबार बाहिरिएको थियो।
दुई दिनसम्म नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग भएको छलफलपछि बिहीबार पूर्वमुख्यमन्त्री राजकुमार शर्मासहित दुवै राजनीतिक दलका १६ जना सांसदले हस्ताक्षर गरेर प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव गर्दा गराएका हुन्। दुई दलबिच भएको छलफलमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ। ‘प्रदेशको सबैभन्दा ठुलो दलको नेतृत्वमा सरकार गठन हुनु स्वाभाविक हो’, नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले भने, ‘बाँकी विषयमा छलफल गर्दै जाने भन्ने छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)