पुनर्स्थापनाको पर्खाइमा रामारोशनका बाढीपीडित
ekantipur.com · Thu Feb 05 18:04:08 GMT 2026

अछाम — जिल्लाको रामारोशन–५, सैनीका बाढीपीडित वर्षौंदेखि राहत र पुनर्स्थापनाको प्रतीक्षामा छन् । चार वर्षअघिको बाढीले घर, व्यापार र आफन्त गुमाएका उनीहरूको पुनर्स्थापना राज्यको प्राथमिकतामा छैन ।
०७८ भदौ २ गते राति आएको कैलाश खोलाको बाढीले सैनी बजारका २५ मध्ये २२ घर बगाएको थियो । त्यसबेला चार परिवारका १७ जना बेपत्ता भएका थिए । तीमध्ये सात जनाको मात्रै शव फेला परेको थियो । बाँकी १० जना अझ बेपत्ता छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)