लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
ratopati.com · Fri Jul 17 04:34:45 GMT 2026

रसुवा । गत वर्ष लेन्दे खोलाबाट आएको विनाशकारी बाढीले तहसनहस बनाएकाे रसुवा भन्सार कार्यालयको यार्ड एक वर्ष बितिसक्दा पनि पूर्ण रूपमा पुनःस्थापना हुन सकेको छैन। व्यापारिक गतिविधि सञ्चालन भइरहे पनि भन्सार यार्ड, निर्माणाधीन एकीकृत जाँच चौकी (ICP) र आसपासका संरचनामा बाढीको क्षति अझै स्पष्ट देखिन्छ।
रसुवा भन्सार कार्यालयले केही वर्षअघि बढ्दो आयात चाप व्यवस्थापन गर्न नयाँ भन्सार यार्ड सञ्चालनमा ल्याएको थियो। विशेषगरी चीनबाट आयात हुने विद्युतीय (EV) सवारीसाधन, तयारी पोसाक, विद्युतीय तथा इलेक्ट्रोनिक सामग्री, फलफूललगायतका सामानको पार्किङ र जाँच पासलाई लक्षित गर्दै निर्माण गरिएको यार्डमा एकैपटक सयौँ मालवाहक कन्टेनर तथा ठुलो संख्यामा विद्युतीय गाडी व्यवस्थापन गर्ने क्षमता रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)