जलवायु जोखिम अध्ययन गर्न राष्ट्रिय जनमोर्चाद्वारा सरकारको ध्यानाकर्षण
ratopati.com · Sat Aug 29 09:01:06 GMT 2026

काठमाडौँ । भोटेकोशी बाढीबाट पीडित जनताको राहत र उद्धारको जिम्मेवारी देशको अगाडि उभिएकाले सम्पूर्ण देशवासी, विश्वभरि छरिएर रहेका नेपालीका साथै मित्र राष्ट्रहरूलाई गम्भीर रूपले ध्यान आकर्षित गराउँदै राष्ट्रिय जनमोर्चाले ऐक्यबद्धताका लागि अपिल गरेको छ।
पार्टीका अध्यक्ष चित्रबहादुर केसीले शनिबार प्रेस वक्तव्य जारी गर्दै देशभित्र र प्रवासमा रहेका सम्पूर्ण कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूलाई बढीभन्दा बढी राहत रकम सङ्कलन गर्न आह्वान गरेका छन् । सङ्कलित रकम सीधै पीडित जनताको बिचमा पुर्याउने वा नेपाल सरकारलाई हस्तान्तरण गरिने वक्तव्यमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)