हर्मुजपछि 'रेड सी' पनि बन्द गर्ने चेतावनी, अमेरिकी आक्रमण भए हुथीलाई सक्रिय हुन इरानको संकेत
aarthiknews.com

काठमाडौं । अमेरिकाले इरानको विद्युत् पूर्वाधारमाथि आक्रमण गरेमा रातो सागर (रेड सी)को प्रमुख प्रवेशद्वार बाब-अल-मन्देब जलडमरू बन्द गर्न यमनका हुथी विद्रोहीलाई तयारी अवस्थामा रहन इरानले संकेत दिएको छ । रोयटर्स अनुसार यो विषय इरानी नेतृत्व तहमा छलफल भइसकेको छ र सन्देश हुथी नेतृत्वसम्म पुर्याइएको छ।
हुथी विद्रोहीहरूले बाब-अल-मन्देब क्षेत्र आसपास क्षेप्यास्त्र र ड्रोन तैनाथ गरिसकेका छन् र आक्रमण सुरु गर्ने आदेशको प्रतीक्षामा छन्। बाब-अल-मन्देब रातो सागरको प्रवेशद्वार मानिन्छ र विश्व व्यापार तथा ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण समुद्री मार्ग हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)