भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार: एकजना घाइते,तीन पक्राउ
annapurnapost.com · Fri Jul 17 05:02:11 GMT 2026

काठमाडौं : सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बुलबुलेस्थित भिजिट कर्णाली दोहोरी साँझबाहिर सामान्य विवादका क्रममा खुकुरी प्रहार हुँदा एकजना घाइते भएका छन् । घाइते हुनेमा वीरेन्द्रनगर-४ कालागाउँ बस्ने ३३ वर्षीय जीवन कुमार शाही रहेका छन् ।
उनको कर्णाली प्रदेश अस्पताल,कालागाउँमा उपचार भइरहेको छ र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारमा संलग्न वीरेन्द्रनगर-९ का १९ वर्षीय रोशन शाही,पञ्चपुरी नगरपालिका-८ का १८ वर्षीय भरत बोगटी र अर्का १६ वर्षीय किशोरलाई एक थान खुकुरीसहित पक्राउ गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)