आज बेलायतका प्रधानमन्त्री बन्दै बर्नह्याम
hamrakura.com · Fri Jul 17 00:00:00 GMT 2026
लण्डन । बेलायतको सत्तारूढ लेबर पार्टीले शुक्रबार विशेष सम्मेलनमार्फत अनुभवी राजनीतिज्ञ एन्डि बर्नह्यामलाई पार्टीको नयाँ नेता तथा देशको आगामी प्रधानमन्त्रीका रूपमा औपचारिक रूपमा पुष्टि गर्दैछ । संसद्मा लेबर पार्टीको स्पष्ट बहुमत रहेकाले उनले सोमबार १० डाउनिङ स्ट्रिटमा किर स्टारमरको स्थान ग्रहण गर्ने तयारी गरेका छन् । सांसदका रूपमा नौ वर्षपछि पुनरागमन गरेको चार सातामै उनी प्रधानमन्त्री बन्न लागेका हुन् ।
छपन्न वर्षीय बर्नह्याम पछिल्लो एक दशकमा बेलायतको सातौँ प्रधानमन्त्री बन्नेछन् । बेलायती राजनीतिमा आफ्नै दलका नेतामाथि सांसदहरूले दबाब सिर्जना गर्ने परम्पराकै निरन्तरतामा स्टारमरको बहिर्गमनपछि उनी नेतृत्वमा पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)