रासायनिक मलको आपूर्ति पाँच लाख ६१ हजार मेट्रिकटन नाघ्यो
ajakoartha.com · Fri Jul 17 05:36:00 GMT 2026

काठमाडौं- सरकारले आर्थिक वर्ष २०८२/८३ को असार २४ गतेसम्म पाँच लाख ६१ हजार ४९३ दशमलव ८५ मेट्रिकटन रासायनिक मल आपूर्ति गरेको जनाएको छ । यो परिमाण वार्षिक छ लाख मेट्रिकटन आपूर्तिको लक्ष्यको करिब ९४ प्रतिशत हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत आर्थिक वर्षका लागि रु २८ अर्ब ८२ करोड १४ लाख बजेट विनियोजन गरिएको थियो । गत असार २४ गतेसम्म चार लाख ९१ हजार ३०० मेट्रिकटन रासायनिक मल खरिदका लागि टेण्डर प्रक्रिया सम्पन्न भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)