प्रत्येक १० मिनेटमा गतिविधि लिइँदै, २५ जनाको ज्यान लिइसकेको ध्रुबे हात्तीको
hamrakura.com · Fri Jul 17 00:00:00 GMT 2026
चितवन । पच्चीस जना मानिसको ज्यान लिएको ध्रुबे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काटेपछि उसको गतिविधिमा निगरानी शुरू गरिएको छ । हात्तीमा रेडियो कलर जडान गरी प्रत्येक १० मिनेटमा सूचना लिन थालिएको हो ।
बिहीबार राति निकुञ्जको शुखिभार क्षेत्रमा डार्ट गरेर हात्तीमा रेडियो कलर जडान र दाह्रा काटिएको थियो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आज बिहान ध्रुबे हात्ती कसराको दक्षिणतर्फ तमोर ताल आसपासमा रहेको जानकारी प्राप्त भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)