मनसुनजन्य विपद्ः काभ्रेपलाञ्चोकमा ४७९ बस्ती जोखिममा
ratopati.com · Tue Jun 02 00:42:25 GMT 2026

काभ्रेपलाञ्चोक । मनसुनजन्य विपद्का कारण काभ्रेपलाञ्चोकको १३ स्थानीय तहका ४७९ बस्ती उच्च जोखिममा रहेका छन् । सोमबार जिल्लास्तरीय विपद् ब्यवस्थापन समितिको बैठकमा उक्त सङ्ख्यामा ती बस्ती जोखिममा रहेको सार्वजनिक गरिएको हो ।
बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले स्थानीय तहगत रुपमा बस्तीको जोखिमयुक्त प्रतिवेदन पेस गरे । गुरागाईंद्वारा प्रस्तुत गरिएको तथ्याङ्कअनुसार ४७९ बस्ती उच्च जोखिममा रहेका, २०९ बस्ती खुला स्थानमा रहेका तथा १९२ बस्ती सुरक्षित स्थानमा रहेका र ८१ बस्तीमा उद्धारका लागि हेलिप्याडको समेत व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)