ध्रुर्वे हात्तीको गतिविधि प्रत्येक १० मिनेटमा लिइँदै
nagariknews.nagariknetwork.com · Fri Jul 17 05:43:44 GMT 2026

२५ जना मानिसको ज्यान लिएको ध्रर्वे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काटेपछि उसको गतिविधिमा निगरानी सुरु गरिएको छ। हात्तीमा रेडियो कलर जडान गरी प्रत्येक १० मिनेटमा सूचना लिन थालिएको हो।
बिहीबार राति निकुञ्जको शुखिभार क्षेत्रमा डार्ट गरेर हात्तीमा रेडियो कलर जडान र दाह्रा काटिएको थियो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आज बिहान ध्रुर्वे हात्ती कसराको दक्षिणतर्फ तमोर ताल आसपासमा रहेको जानकारी प्राप्त भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)