रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएका न्यायाधीश आचार्यलाई विशेष अदालतको जिम्मेवारी
setopati.com · Fri Jul 17 05:57:55 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी मुद्दामा धरौटीमा छाड्न आदेश दिएका न्यायाधीश वासुदेव आचार्यले विशेष अदालत अध्यक्षको जिम्मेवारी पाएका छन्।
बिहीबार न्याय परिषदले गरेको निर्णयअनुसार आचार्यलाई अध्यक्षमा तोक्न सरकारलाई परामर्श दिने निर्णय गरेको हो। अब मन्त्रिपरिषदले पदस्थापनको निर्णय गर्ने छ।