रासायनिक मलको आपूर्ति पाँच लाख ६१ हजार मेट्रिकटन नाघ्यो
canadanepal.com · Fri Jul 17 05:57:20 GMT 2026

काठमाडौँ - सरकारले आर्थिक वर्ष २०८२/८३ को २४ असारसम्म पाँच लाख ६१ हजार ४९३ दशमलव ८५ मेट्रिकटन रासायनिक मल आपूर्ति गरेको जनाएको छ । यो परिमाण वार्षिक छ लाख मेट्रिकटन आपूर्तिको लक्ष्यको करिब ९४ प्रतिशत हो ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार गत आर्थिक वर्षका लागि २८ अर्ब ८२ करोड १४ लाख बजेट विनियोजन गरिएको थियो । गत २४ असारसम्म चार लाख ९१ हजार ३०० मेट्रिकटन रासायनिक मल खरिदका लागि टेण्डर प्रक्रिया सम्पन्न भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)