तीन बुँदे माग राख्दै डा. गोविन्द केसीले दिए साउन ५ देखि अनसन बस्ने चेतावनी
swasthyakhabar.com · Fri Jul 17 05:57:00 GMT 2026

काठमाडौं- वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका बेथितिहरूविरुद्ध पुनः आमरण अनसन (सत्याग्रह) बस्ने चेतावनी दिएका छन्। शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा केसीले आफ्ना तीनबुँदे मागहरू आगामी साउन ५ गतेभित्र सम्बोधन नभए विगतमा स्थगित गरिएको सत्याग्रहसहितका सशक्त आन्दोलनका कार्यक्रमहरू पुनः ब्युँताउने घोषणा गरेका हुन्।
डा केसीले यसअघि असार २५ गतेसम्म चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष नियुक्त नगरे अनसन बस्ने चेतावनी दिएका थिए। सरकारले असार २४ गते आयोगमा उपाध्यक्ष नियुक्त गरेपछि डा केसीले अनसनको कार्यक्रम स्थगन गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)