काठमाडौंको कपनमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु
baahrakhari.com · Fri Jul 17 05:59:37 GMT 2026

काठमाडौं । काठमाडौंको कपनमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा संखुवासभा मकालु गाउँपालिका घर भएका २७ वर्षीय कुसाङ शेर्पाको मृत्यु भएको हो ।
काठमाडौं महानगरपालिका–६ कपन भृकुटी चोकमा गएराति प्र.३–०२–०२१ प ३५६२ नम्बरको मोटरसाइकल र बा. ८७ प ६३४७ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालक बूढानीलकण्ठ चुनिखेल बस्ने शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)