करार कर्मचारी व्यवस्थापनमा सरकारको नयाँ निर्णय, अवकाशप्राप्तलाई आज बिदाइ गरिने
barnanmedia.com · Fri Jul 17 05:55:38 GMT 2026

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय तथा मातहतका निकायमा स्वीकृत दरबन्दीमा करारमा कार्यरत कर्मचारीहरूको व्यवस्थापनका लागि नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को असार ३२ गते बसेको बैठकले संगठन तथा व्यवस्थापन ९ओएन्डएम० सर्वेक्षणबाट प्रभावित हुने करार कर्मचारीहरूको व्यवस्थापन सम्बन्धी सातबुँदे निर्णय गरेको हो।
सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा निकायलाई पठाएको परिपत्रअनुसार यसअघि सरकारी सेवाबाट अवकाश प्राप्त गरी उपदान लिएका वा निवृत्तिभरण पाइरहेका करार कर्मचारीलाई २०८३ साउन १ गतेदेखि सेवा निरन्तरता नदिई बिदाइ गरिने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)